मास्क लगाउन आनाकानी गर्दै आएका ट्रम्पले मास्कको पक्षमा बोल्न थाले

0SHARES

१८ असार २०७७ नेपाल टाईम्स

१८ असार, एजेन्सी । कोरोना संक्रमणबाट बच्न मास्क लगाउन आनाकानी गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले आएर मास्कको पक्षमा बोल्न थालेका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या लगातार बढ्दै गएपछि ट्रम्पले मास्कको पक्षमा बोल्न थालेका हुन् ।

अनिवार्य मास्क लगाउनु पर्ने आफ्नै प्रशासनको आधिकारिक निर्देशन अवज्ञा गर्दै आएका ट्रम्पले अहिले आएर मानिसहरुले अति भिड भएको स्थानमा मास्क लगाउनु पर्ने बताएका हुन् ।

एक शीर्ष रिपब्लिकन नेताले उदाहरणका रुपमा मास्क लगाउन ट्रम्पलाई सुझाव दिएको भोलिपल्ट फक्स न्यूजसँग कुराकानी गर्दै ट्रम्पले मानिसको अति भिड भएको स्थानमा मास्क लगाउने बताएका हुन् ।

अमेरिकामा अहिलेसम्म २६ लाख भन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक लाख २७ हजार भन्दा धेरैको ज्यान गएको छ ।

विज्ञापन बक्स