‘मिस नेपाल २०२०’ को दौड सुरु, २१ प्रतिस्पर्धी

0SHARES

२५ कार्तिक २०७७ नेपाल टाईम्स

२५ कात्तिक, काठमाडौं ।

यो वर्षको २६औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । हिडन ट्रेजर मिस नेपाल–२०२० ले आज राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो ।

प्रतिस्पर्धामा मोरङ, काभ्रे, दाङ, भक्तपुर, काठमाडौँ र चितवनका युवती सहभागी छन् । प्रतियोगिताको अन्तिम चरणको स्पर्धा आगामी मङ्सिर २० गते हुनेछ ।

विज्ञापन बक्स