१९ मंसिर, काठमाडौँ ।
बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै त्यस क्षेत्रका बासिन्दाहरुले राजधानी काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बिहीबार पनि मुआब्जा कम भएको भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेको बताए । उनले आफुहरुको सहमति बिना मूल्य निर्धारण गरिएकाले आफुहरुलाई मान्य नहुने बताए ।
उनीहरुले तत्काल आफुहरुसँग वार्तागरी पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।