विराटनगर, कार्तिक १९
थाइल्याण्डमा उपचाररत प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा घाँटीको समस्या पत्ता नलागेपछि मुख्यमन्त्री राई शुक्रबार उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक गएका थिए ।
बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको चेकजाँच अनुसार उनको अवस्था सामान्य रहेको छ । मुख्यमन्त्री राईको स्वास्थ्य चेकजाँजमा डाक्टरहरु रुइटिपोल कोमोनिरुन , इरिचई एन र सुथप पैचतर्रकुल संलग्न रहेको मुख्यमन्त्रीका प्रेस संयोजक ध्रुब सुवेदीले जानकारी दिए ।
घाँटीको समस्याबाट पीडित मुख्यमन्त्रीको विस्तृत रिपोर्ट कार्तिक २६ गते प्राप्त हुने भएको छ । मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड गएका हुन् ।