मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिम इराक प्रस्थान

721SHARES

१२ जेठ, काठमाडौं ।

इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यहाँतर्फ प्रस्थान गरेको छ । २३ सदस्सीय खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम चाटर्ड उडानमार्फत गएराति इराक गएको हो ।

आउँदो शनिबार नेपालले बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न उतैबाट कुवेत जानेछ ।

विश्वकप छनोटका बाँकी खेल अन्तर्गत नेपालले जुन ३ तारिखमा चाइनिज ताइपे, जुन ७ तारिखमा जोर्डन र जुन ११ तारिखमा अष्ट्रेलियासँग खेल्नेछ ।

मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २३ खेलाडीको घोषणा गरिसकेका छन् ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म पाँच खेलमा एउटामा जित तथा चार खेलमा हार बेहोरेको छ । नेपाली टोली आउँदो २९ गते नेपाल फर्किनेछ ।

छुटाउनुभयो कि?

सम्पूर्ण