मोदीको भ्रमण विरोधमा बंगलादेशमा प्रदर्शन, पाँच जनाको मृत्यु
252SHARES


१४ चैत्र, एजेन्सी ।
दुईदिने भ्रमणका लागि शुक्रबार बंगलादेशको राजधानी ढाका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा चटगाँवमा प्रदर्शन भएको छ ।
त्यस क्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । मोदी भ्रमणको विरोधमा हिजो ढाकाको बैतुल मुकर्रम क्षेत्रमा पनि विरोध प्रदर्शन भएको थियो ।
यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कैयौं पत्रकारसमेत घाइते भएका छन् । बंगलादेशी मिडियाको रिपोर्टअनुसार चटगाँवमा जुमेको नमाजपछि हथाजरी मदरसेबाट विरोध मार्च निकालिएको थियो, त्यसपछि हिंसक झडप भएको हो ।

झडपमा प्रदर्शनकारीसँगै कैयौं प्रहरी घाइते भएका छन् । केही दिनयता कतिपय मुस्लिम नेता र वामपन्थी संगठनहरू भारतीय प्रधानमन्त्री मोदीको बंगलादेश भ्रमणको विरोधमा र्यालीहरू निकालिरहेका थिए ।
उनीहरूको दाबीअनुसार शेख मुजीबुर रहमानले एक धर्मनिरपेक्ष राष्ट्रका लागि संघर्ष गरेका थिए, तर मोदी साम्प्रदायिक छन् ।
मोदी बंगलादेशी समकक्षी शेख हसिनाको निम्ता स्वीकार्दै हिजो बंगलादेश गएका हुन् ।
उनी बंगलादेश स्वतन्त्रताको ५० वर्ष एवं संस्थापक शेख मुजीबुर रहमानको जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका हुन् ।
छुटाउनुभयो कि?
सम्पूर्ण