विराटनगर, भदौ २१
जिल्ला प्रशासन कार्यालय मोरङले सीसी क्यामेरा सञ्चालन गराउन सबै सार्वजनिक कार्यालयलाई पत्र पठाएको छ । सीसी क्यामेरा जडान गरेका कार्यालयहरुलाई सञ्चालन गर्न र नगरेका कार्यालयलाई तत्काल जोड्न पत्र पठाएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सुरक्षाको दृष्टिकोणले क्यामेरा सञ्चालन गर्न पत्र पठाइएको बताए । प्रजिअ केसीले चौकिदार नभएका कार्यालयहरुलाई राख्न आग्रह गरिएको बताए ।
सार्बजनिक निकायले जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएर मात्र सीसी क्यामेरा जडान गर्न पाउँछ भने व्यक्तिगत रुपमा राख्नुपर्दा प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ ।
महानगरमा केही साताअघि भएको बमकाण्डको भिडियो रेकर्ड नभएको पाइएपछि प्रहरीलाई अनुसन्धान गर्न समस्या भएको थियो । तीन साता लामो अनुसन्धान पछि प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको थियो ।