मोरङको धनपालथानमा स्कुटर चालकको मृत्यु

0SHARES

१४ पुष २०७६ नेपाल टाईम्स

१४ पुस, विराटनगर ।
मोरङको धनपालथान गाउँपालिका–४ कर्सियामा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको को ३८ प १७७ नम्बरको स्कुटरलाई बिपरीत दिशाबाट जाँदै गरेको को १ त ७८४३ नम्बरको ट्याक्टरले ठक्कर दिंदा घाईते भएका स्कुटर चालकको उपचारको क्रममा ज्यान गएको हो ।

ठक्करबाट घाइते दुहवी नगरपालिका–११ का १८ बर्षीय रुपेश चौधरी र पछाडी सवार १७ बर्षीय चन्द्रप्रकाश चौधरी घाईते भएका थिए । उनीहरुलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर ल्याइएकोमा स्कुटर चालक रुपेशको उपचारकै क्रममा मृत्यु भएको हो ।

घाईते चन्द्रप्रकाशको कोशी अस्पतालमै उपचार भईरहेको छ भने ट्याक्टर प्रहरी चौकी कर्सियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विज्ञापन बक्स