मोरङमा सुरक्षित महसुस गरी दशैँ मनाउने वातावरण तयार : एसपी अधिकारी (भिडियोसहित)

१६ आश्विन २०७६

चाडपर्वलाई लक्षित गर्दै मोरङ प्रहरीले जिल्लाभर सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । प्रहरीको सुरक्षा योजनाबाट हामी जिल्लाबासी कति सुरक्षित छौ त ? यसै सन्दर्भमा हामीले जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीसँग सुरक्षा योजनका बारेमा केन्द्रित भएर कुराकानी गरेका छौं । प्रस्तुत छ अधिकारीसँग नेपाल टाईम्सले गरेको कुराकानी ।

मोरङ प्रहरीले चाडपर्वलाई लिएर कस्तो सुरक्षा योजना अपनाएको छ ?
अहिले देशैभरि चाडवाडको अवसर आएको छ र दशैँ तिहार, छठसम्म पनि यो निरन्तर कायम नै रहन्छ । यो चाडवाडमा विशेषगरी बाहिरबाट हाम्रा आफन्तजनहरु आउने, नयाँ सामानकिन्ने, गरगहना किन्ने लगायत आर्थिक कारोबारहरु ब्यापक रुपमा हुने भएको र यातायातको चापहरु लगायत विभिन्न कारणहरुले गर्दा यो विशेष अवसरलाई विशेष सुरक्षा योजनाकासाथ हामीहरुले अगाडी बढाउनुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय मोरङले पनि विशेष सुरक्षा योजना चाडवाडलाई लक्षित गरेर तयार गरेको छ र लागु पनि गरिसकेको अवस्था छ । यस अन्तर्गत हामीले खासगरी हाम्रो सुरक्षा योजनालाई दुई भागमा विभाजन गरेका छौँ । एउटा हामीले यो विराटनगर महानगरपालिकालाई लक्षित गरेर विशेष सुरक्षा योजना तयार गरेका छौँ भने त्यो बाहेकको बाँकी क्षेत्रहरुमा पनि सोही अनुसारको सुरक्षा योजना तयार गरेका छौँ । जस अन्तर्गत हाम्रो विराटनगर महानगरपालिकालाई हामीले महत्वको आधारमा, संवेदनशीलताको आधारमा, कारोबारको आधारमा ५ सेक्टरमा विभाजन गरेर सुरक्षा योजना लागु गरेका छौँ । जसमा पिकेट, मोबाइल, सादापोशाक, साईकल, क्युआरटी लगायतका गस्तीहरु गरेर ९२ प्रकारको ठाउँहरुमा सुरक्षा ब्यबस्थाको एरेन्जमेन्ट मिलाएका छौ भने विराटनगर महानगरपालिकाभन्दा बाहिर १ सय ६२ वटा स्थानहरुमा गरेर हामीले जम्मा २ सय ५४ वटा ठाउँहरुमा सुरक्षाको योजनाबनाएका छौँ ।त्यसैगरी चाडवाडमा विशेषगरी बसपार्क, बार्डर एरिया र यात्रुहरुको बढी चापहुने स्थानहरु पहिचान गरेर रानीमा,बसपार्कमा र विराटचोकमा तीनठाउँमा नागरिक सहायताकक्षका साथसाथै यात्रु हेल्प डेक्सको पनि स्थापना गरेका छौँ । त्यसकारण म सम्पुर्ण महानुभावहरुमा सुरक्षित तवरले ढुक्कका साथ, उल्लासका साथ, यहाँहरुले यो पर्वमा सरिक हुन, मनाउन अनुरोध गर्दछु । सुरक्षाका हामीहरुले सबै प्रवन्ध मिलाएका छौँ र सकेसम्म चोरी लुटपाट र भयका घटना नहुन् । यो चाडवाडमा जस्तै हामीहरुको मोरङ जिल्ला भरी यीअन्य क्रियाकलापका साथसाथै विभिन्न मन्दिरहरुमा भक्तजनहरुको घुइँचो लाग्ने, १५ वटाजति मेलापर्वहरु पनिलाग्ने भएकोले तीनीहरुलाई पनिलक्षित गरेरे हामीहरुले सुरक्षा ब्यबस्था मिलाएका छौँ । यो सुरक्षा ब्यबस्था प्रहरीले मिलाएको भएता पनि हामी सबैको जिम्मेवारी हो र हामी सबैको सहभागीता आवश्यक पर्ने भएकोले सुरक्षाप्रति सजग हुन सबै आदरणीय महानुभावहरुमा निवेदन गर्दछु । त्यस्तो कुनै अप्ठ्यारो पर्यो, असुरक्षाको वातावरण भयो भने यहाँहरुले हामीहरुलाई १ सयमा, हाम्रो मोरङ एप्समा हामीलाई जानकारी दिनसक्नुहुनेछ र यहाँहरुको लागि हामीले सुरक्षित चाड पर्वको लक्ष्यका साथ यो सुरक्षा योजना प्रस्तुत र लागु गरेका छौँ । यसमा नागरिकहरुलाई सुरक्षाको प्रत्याभुती दिनकालागि हामीले राम्रो योजना बनाएका निरन्तर यो चाडवाडको अवसरमा क्रियाशिल रहने कुरा यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु ।

मोरङमा विभिन्न ठाउँमा विभिन्न किसिमका घटना भईरहँदापनि अब चाडवाडलाई लक्षित गरेर विशेष टिम पनि खटाईएको छ । यो चाडपर्वहरुमा कस्तो किसिमको घटनाहरु घट्ने गर्दछ ?अनि चाडपर्वमा जुन अपराधीहरु हुन्छन् यी छुट्टै किसिमकाअपराधी हुन्छन् कि?

चाडवाडभन्ने बित्तिकै अपरच्युनिष्टिक क्राईमलाई नै जोड दिन्छौँ । चाडवाडमा हामी खानपिनमा ब्यस्तहुन्छौँ , मनोरन्जनमा ब्यस्त हुन्छौँ र आफन्तकामा जाँदाखेरी घर छोडेर जानुपर्ने अवस्थाहरु हुनसक्छ त्यस्तै गरेर बैँक तथा वित्तीय संस्थाहरु, सामान किनमेल गर्ने, गहना किन्ने ठाउँहरु यस्ता स्न्याचिङ, लुटपाटका घटनाहरु हुनसक्छन् । घर छोडेर जाँदाखेरी त्यहाँचोरी हुने सम्भावनाहरु हुन्छ यी चै फेस्टीभलमा हुने अपरच्युनिष्टिक क्राईमहरु हुन् भने अर्कोतिर खानपानमा बढी ब्यस्तहुने हिसाबले मदिराजन्य कारणहरुले गर्दा उत्पन्नहुने विवादहरु जस्ता घटनाहरु हुनसक्छन् , दुव्र्यवहारका कुराहरु हुनसक्छन् । यी सबैकुराहरुलाई मध्येनजर राख्दै त्यसैगरेर हामीहरुले सिमा क्षेत्रबाट हुनसक्ने अपराधका कुराहरु हुनसक्छन् यी कुराहरुलाई मध्येनजर राखेर नै हामीहरुले यो सुरक्षा योजना बनाउँछौँ र यसलाई विशेषरुपमा लागु गरिन्छ किनभन्दा यो अपरच्युनिष्टि, मान्छेको जमात, भीँडभाड र कारोबारलाई मध्येनजर राखेर गर्ने किसिमका अपराधहरु यो हुनेभएकोले हामी यसमा विशेष सजगता अपनाएका हुन्छौँ ।

मेरो जिज्ञासा के भन्दा जस्तै यो चाडपर्वमा लक्षित गरेर आफन्तजनहरुकोमा जान्छन्, पुजाआराधाना गर्नलाई मन्दिरसम्म पुग्छन्, त्यो अवधिमा कसैको घर यदिखाली छ भने जिल्लाप्रहरी कार्यालय मोरङलाई जानकारी गराईयो भने त्यसको लागि प्रहरीको के ब्यवस्था छ ?

यो एकदम राम्रो प्रश्नगर्नुभयो । हामी के भन्छौ भन्दा सुरक्षाको पहिलो जिम्मेवारी आफ्नो आफुले नै हो । सकेसम्म त घर छाड्दै नछाड्नुहोस् भन्छौँ हामी र छाड्नैपर्ने अवस्था भयो भने पनि आफ्नो छरछिमेकलाई जानकारी दिनुस्, नजिकको प्रहरी कार्यालयलाई जानकारी दिनुहोस् र जस्तै सामाजिक सञ्जालमा पनि हामी यतिदिनलाई यहाँ जाँदैछौँ ,यतिदिनलाई त्यहाँजाँदैछौँ भनेर जुन इन्फर्मेसन दिन्छौँ ती कुराहरु सकेसम्म नदिऔँ किनभने सामाजिक सञ्जालजसले पनि एक्सेस गर्न सक्छ । कहाँको कतागईरहेको भन्ने अपरच्युनिष्टि हेरिरहेको मान्छेहरुले फाईदा उठाउन सक्छन् । त्यसका साथसाथै त्यस्तो अवस्थामा हामीहरुको गस्ती पेट्रोलिङ बढाएर, मुभमेन्ट बढाएर विशेष निगरानी राख्ने ब्यबस्था गर्न सक्छौँ र त्यो गर्ने पनि छौँ यो चाडवाडको अवसरमा।

यो सबैका लागि हो त ?

यो सुरक्षा भन्ने कुरा सबैका लागि समान हो । विशेष गरी सर्वसाधारण सम्पुर्ण नागरिकहरुको लागि हामीले गर्ने विशेष सुरक्षा योजना हो ।

भनेपछि मोरङबासीले २०७६ सालको चाडपर्व राम्ररी मनाउँछन् ?

एकदम, हामी यसमा मोरङ जिल्ला प्रहरी कार्यालय र परिवार यो सुरक्षा योजनाका साथ अगाडी आएको छ । सकेसम्म कम दुर्घटना होस् भन्ने पट्टी हामीहरुको ध्यान रहनेछ । सकेसम्म कम घटनाहरु हुन्, सकेसम्म अपराधिक घटनाहरु हुन नपाउन् भन्ने तर्फ र कसैलाई पनि असुरक्षाको महशुस हुननपाओस् भन्ने हिसाबले जिल्ला प्रहरी कार्यालय मोरङ एकदमै सजग छ ।

चाडवाडमा रात्रि गस्तीको कस्तो ब्यवस्था छ ?
प्रहरी यहाँहरुले हेर्नुभयो भने चौबिसै घण्टा राउण्ड द क्लक ड्उटीमा रहन्छ अहिलेपनि रहिरहेको छ । यसको हामीले संख्या र प्वाईन्ट बढाएर हामीले विशेष रुपमा परिचालन गर्नेछौँ र सादा पोशाकको पनि त्यसैगरी हामी कहाँ परिचालित भईरहने छ ।

अन्त्यमा मोरङबासीलाई मोरङ प्रहरीको तर्फबाट के भन्न चाहनुहुन्छ ?

मैले अघि पनिभनेँ ।यहाँहरुको सुचना नै यहाँहरुको सुरक्षाको बलियो आधार हो । त्यसकारण सुरक्षाको बारेमाआफु प्रत्येक हामीसबैले सजगहोऔँ । त्यपछि जुनसुकै सुचना हुन्छ त्यो तत्काल प्रहरीलाई यहाँहरुले सम्प्रेषण गराईदिनुभयो भने यसले अझ सुरक्षित गर्ने वातावरण सिर्जना गर्नेछ । यहाँहरुको चाडपर्व सुरक्षित होस्, उल्लासमय होस्, सभ्यहोस् र आनन्दमय होस् भन्ने हामी कामना गर्दछौँ ।

Facebook Comments

विज्ञापन बक्स