म्यानचेस्टर युनाइटेडका लिजेन्ड ड्युनको निधन

0SHARES

२७ जेष्ठ २०७७ नेपाल टाईम्स

२७ जेष्ठ, एजेन्सी ।
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका लिजेन्ड खेलाडी टोनी ड्युनको निधन भएको छ ।

युनाइटेडबाट युरोपियन कप जितेका लिजेन्ड ड्युनको ७८ वर्षको उमेरमा निधन भएको हो । प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए ।

म्यानचेस्टर युनाइटेडले ड्युनको निधनको पुष्टि गर्दै क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका महान् खेलाडीको भएको बताएको छ । ड्युनले युनाइटेडका लागि ५ सय ३५ खेलमा प्रतिस्पर्धा गरेका छन् । आयरल्यान्डका पूर्वअन्तर्राष्ट्रिय खेलाडी टोनीले ओल्ड ट्राफोर्डमा १३ वर्ष बिताएका थिए ।

विज्ञापन बक्स