म्यानमारलाई नेपालले गर्याे २९ रनमै अलआउट

0SHARES

१७ आश्विन २०७५ नेपाल टाईम्स

एजेन्सी , १७ असोज
आईसीसी टी –२० विश्वकप अन्तर्गत एसिया उप–क्षेत्रीय छनौटमा कमजोर म्यानमारले नेपालाई जम्मा ३० रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रन बनाउँदै अल आउट भयो ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वा्धिक ४ विकेट लिएका छन् । २ ओभर बलिङ गरेका सन्दीपले ४ विकेट लिँदा ३ रन खर्चिए । यसैगरी ललित नारायण राजवंशीले ३ ओभर बलिङ गदै ३ रन खर्चिएर ३ विकेट लिए । ललित भण्डारी र करन केसीले एक–एक विकेट लिए ।

म्यानमारका कप्तान एच लिन आङले १६ रन बनाए । म्यानमारका ६ जना खेलाडी शून्यमा आउट भए । छनोट प्रतियोगितामा नेपालसँगै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

विज्ञापन बक्स