Nepal Times
Nepal Times
3
Shares

यति एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

यति एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय उडानको अनुमति

५ कात्तिक, काठमाडौं ।

नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) पाएको छ ।

बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त भएको कम्पनीले जनाएको छ । प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी दिएकाे छ ।

यतिले एओसी पाएसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्ससँग यसअघि नै एओसी रहेको छ ।

एओसी पाएसँगै यति अब दक्षिण एसिया तथा दक्षण पूर्वी एसियाली मुलुकमा उडानका लागि तयार रहेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । कम्पनीसँग अहिले एटीआर ७२ जहाजहरु रहेका छन् । यी जहाज छोटा दूरीको अन्तर्राष्ट्रिय गन्तब्यमा उडान गर्न सक्ने क्षमताका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.