यमनको मानवीय अवस्थामा सुधार भएन ः राष्ट्रसंघ

867SHARES

साना, २१ कात्तिक
संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी प्रमुखले यमनमा गएका केही बर्षयतादेखि जारी रहेको द्वन्द्वका कारण मानवीय सङ्कट झन खराब बन्दै गएको बताउनुभएको छ ।

राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले मङ्गलबार सो धारणा राख्नुभएको हो । उहाँले हालै गरेको सिरियाको भ्रमणपछि यमनी द्वन्द्वले उक्त मुलुकमा पारेको प्रभावको अवस्था निकै बिकराल भएको प्रतिक्रिया दिनुभएको थियो ।

त्यसको केही समयपछि मङ्गलबार मात्र उहाँले भन्नुभयो, “अरब मुलक यमनमा जतिसक्दो छिट्टै राजनैतिक प्रक्रिया मार्फत द्वन्द्वको अन्त्य गर्नुपर्छ, त्यहाँको अवस्था झन भन्दा झन बिग्रिँदै छ ।”

त्यहाँको बिग्रँदो हैजाको माहामारीलगायत मानवीय सङ्कटलाई नजिकबाट बुझ्न गाह्रो भएको छ, पहिलेको अवस्थामा सुधारको सट्टा झनै बिकराल भन्दै छ ।

यमनको जस्तो हैजाको माहामारी विश्वले कहिल्यै पनि नदेखेको वा नभोगेको उहाँको भनाइ थियो । हैजाका कारण यमनमा दुई हजार भन्दा बढीको ज्यान गएको छ ।

हैजा नियन्त्रणका लागि यहाँको सरकारले जारी राखेका प्रयासहरु पनि पर्याप्त हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

यमनमा मानव सिर्जित द्वन्द्वले यहाँको जनजीवनमा विकराल प्रभाव पारेको छ र यो देख्दा द्वन्द्वले यहाँको सबैकुरा बिगारिदिएको जस्तो लाग्ने पनि उहाँले जानकारी दिनुभएको छ ।

यमनको द्वन्द्व समाधानका लागि कैँदीबन्दी हुन् वा सञ्चारकर्मी सवैको यथासम्भव कानूनी मर्यादा अनुसार सम्मानगर्दै अन्तर्राष्ट्रिय मानवीय सहायता कानूनको प्रत्याभूत गर्न र मानव अधिकारको सम्मान गर्न आआफ्नो ठाउँबाट पहल गर्न जरुरी रहेको पनि राष्ट्रसंघले अपिल गरेको छ ।

यमनमा गएका केही बर्षदेखि जारी राजनीतिक द्वन्द्वका कारण त्यहाँको जनजीवन दिनप्रतिदिन कष्टकर बन्दै गएको छ ।
रासस

छुटाउनुभयो कि?

सम्पूर्ण