काठमाडौं : यस वर्ष नेपाल दक्षिण एसियामा तेश्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैँकले जनाएको छ। सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैँकले नेपालमा यो वर्ष (सन् २०१९) ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो।
यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धिदर हो। भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ।यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर आफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदैछ।
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ।, यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।