युवाको आन्दोलन देशब्यापी बन्दै, गृहको चेतावनीको बेवास्ता

0SHARES

३० जेष्ठ २०७७ नेपाल टाईम्स

३० जेष्ठ, काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको विरोधमा शुक्रबार पनि देशका प्रमुख शहरहरुमा शान्तिपूर्ण प्रदर्शन भएका छन् ।

शुक्रबार काठमाडौं उपत्यकाका बसन्तपुर, कीर्तिपुर, भक्तपुर, चन्द्रागिरी लगायत विभिन्न ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् ।

त्यसैगरी उपत्यका बाहिर बुटवल, धनगढी, बनेपा, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका शहरमा पनि युवा प्लेकार्ड बोकेर सडकमा निस्किएका छन् । केही दिनयता युवा तथा अभियान्ताहरूले स्वतस्स्फूर्त रूपमा विभिन्न मुद्दा उठाएर प्रदर्शन गर्दै आएका छन् ।

विशेषगरी पिसिआरको दायर बढाउनुपर्ने, आरडिटी परीक्षण बन्द गर्नुपर्ने लगायतमा माग राख्दै उनीहरूले प्रदर्शन गर्दै आएका छन् ।

गृह मन्त्रालयले भने लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६ सयदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको छ । तर सरकारको चेतावनीका बावजुत युवाहरु सडकमा प्रदृशनमा उत्रिएका छन ।

हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरू लाम सडक पेटीमा दायाँ बायाँ शान्तिपूर्ण ढंगले सामाजिक दुरी कायम गर्दै उभिएका थिए । युवाहरुले प्ले कार्डमा कोरोना कोषको १० अर्व खोई ? आरडिटि परिक्षण खारेज गरी पिसिआर लागू गर, जनता भोकले मर्ने राष्ट्रपति गलैंचा फेर्ने, सुविधा युक्त क्वारेन्टाइन निर्माण गर, भ्रष्टाचार बन्द गर लगायत लेखेका थिए ।

कडा प्रदर्शन हुने देखेर व्यापक प्रहरी परिचालन भए पनि प्रदर्शनकारीले नाराबाजी नगरी शान्त भएर उभिएपछि प्रहरीले पनि अत्यन्तै संयमता अपनाएको देखिएको छ ।

यसअघिका प्रर्दशनमा पानीका फोहरा र अश्रुलग्यासको सामना गरेका प्रर्दशनकारी शुक्रबार भने मौन देखिएपछि प्रहरीपनि संमयम बनेको थियो । विगत तीन दिन यति युवाहरुले देशका विभिन्न शहरमा प्रदृशन गर्दे आएका छन् ।

विज्ञापन बक्स