युवा उद्यमी मञ्चद्वारा मोरङ प्रहरीलाई टिभी हस्तान्तरण

0SHARES

२३ जेष्ठ २०७७ नेपाल टाईम्स

२३ जेठ,विराटनगर ।
नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले जिल्ला प्रहरी कार्यालय मोरङलाई तीन थान टेलिभिजन सेट प्रदान गरेको छ । मञ्चका अध्यक्ष सृजन प्याकुरेलसहितका पदाधिकारी र मञ्चमा आवद्ध केही सदस्यहरुको टोलीले प्रहरी कार्यालयमै पुगेर टिभी हस्तान्तरण गरेको हो ।

प्रहरी हिरासतमा रहेकाहरुलाई सूचना र मनोरञ्जनबाट बन्चित नहुन भन्ने उद्देश्यले टिभी प्रदान गरेको मञ्चले जनाएको छ । प्रहरी कार्यालयमा रहेको तीनवटा बन्दी गृह पुरुष सेल, महिला सेल र बालबालिका सेलकालागि तीन थान टिभी उपलब्ध गराएको मञ्चका सञ्चार संयोजक सञ्जीव सिग्देलले जानकारी दिए ।

विज्ञापन बक्स