३० जेठ, काठमाडौं ।
युनाइटेड अरब इमिरेट्स (युएई)बाट गत शुक्रबार नेपाल आएकी एक महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट युएईमा समस्यामा परेका नेपाली आएको टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले बताए ।
उनलाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन २४ जेठमा मुलपानीको क्वारेन्टिनमा सारियो । त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको हो ।
उनलाई आज शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको जनाईएको छ ।