यू–१९ एसिया कपः भारतसँग नेपालको फराकिलो हार

0SHARES

१३ आश्विन २०७५ नेपाल टाईम्स

काठमाडौं,असोज १३
यू–१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएको छ ।आजबाट बंगलादेशमा सुरु भएको सो प्रतियोगिताका पहिलो खेलमा बलियो टोली भारतले नेपाललाई १७१ रनको फराकिलो अन्तरले हराएको हो ।

बंगलादेशको सभारमा भएको खेलमा भारतले दिएको ३०५ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा सबै विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान आसिफ शेखले २५, रोहितकुमार पौडेलले २४ र सन्दिप जोराले २० रन बनाए । नेपालका ७ ब्याट्समेनले दोहोरो अंक नजोडि पेभेलियन फर्किए ।

पहिले ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतकको मदतमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०४ रन बनाएको थियो ।

उसको सुरुवात राम्रो रहृयो । पहिलो विकेटका लागि जैसवालले देवदत्त पडिकालले ८३ रनको साझेदारी गरे । पवन साह १३ रनमा आउट भए । तर, सिमरन सिंहले जैसवालसँग तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । जैसवाल १०४ रनमा आउट भए । यश राठोड मात्र ३ रनमा आउट भए ।

तर, आयुष बडोनीले सिमरनसँग ५४ रनको साझेदारी गरे । पाँचौं विकेटका रुपमा आउट भएका सिमरनले ८२ रन बनाए । बडोनीले ३३ रन जोडे ।नेपालका भीम सार्कीले ४ विकेट लिए भने रसिद खानले २ विकेट लिए ।

विज्ञापन बक्स