विराटनगर : वेश्यावृत्ति गराएको आरोपमा विराटनगर महानगरपालिका– ११ स्थित टिफिन रेष्टुरेन्टकी सञ्चालक प्रिया श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
विभिन्न जिल्लाहरुबाट रोजगारीको शिलसिलामा आएका युवतीहरुलाई सोही रेष्टुरेन्टमा आउने ग्राहकहरुसँग जबरजस्ती डर त्रास देखाई करकापमा पारी अश्लिल क्रियाकलापमा संलग्न गराउनेगरेको सुचनाको आधारमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।
उनलाई मानव बेचविखान तथा ओसारपसार सम्बन्धी मुद्दा चलाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यस्तै सामाजिक सञ्जाल फेसबुक समेतबाट चिनजान गरी गैससमा राम्रो जागिर लगाईदिने प्रलोभनमा पारेर एक युवतीलाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा सप्तरी अग्निसायर कृष्णसरवरण गाउँपालिका – २ का सन्तोषकुमार यालवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।