रक्षा मन्त्रालय आफैँसँग राखेर ओलीले गरे मन्त्रिपरिषद् विस्तार

136SHARES

२७ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दै जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाउँदै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।

ओलीले रक्षा मन्त्रालय आफैँसँग राखेका छन् । ओलीले गृह मन्त्रीमा खगराज अधिकारीलाई नियुक्त गरेका छन् ।

यस्तै, नैनकला थापा– सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह– कृषि मन्त्री, नारदमुनी राना– वनमन्त्री, मोहन बाँनिया– विना विभागीय, राजकिशोर यादव–उद्योग मन्त्री, गणेश पहाडी–सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री नियुक्त भएका छन् ।

 

छुटाउनुभयो कि?

सम्पूर्ण