२४ जेठ, काठमाडौं ।
जिल्ला प्रशासन कार्यालयल सुर्खेतले अन्य व्यक्तिलाई राउटे समुदायको बस्तीमा जान प्रतिबन्ध लगाएको छ ।
पछिल्लो समय राउटे बस्तीमा असुरक्षा बढेको भन्दै प्रशासनले गैरराउटेलाई राउटे बस्तीमा प्रवेश गर्नमा प्रतिबन्ध लगाएको हो ।
राउटे युवतीमाथि यौन दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि अन्य व्यक्तिलाई प्रवेश निषेध गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । २२ जना प्रहरी खटाएर राउटे बस्ती बाहिरबाट जाने व्यक्तिलाई प्रवेश निषेध गरेको उनले बताए ।
केही दिनअघि राउटे युवतीलाई मदिरा सेवन गराएर होटलमा लगी यौन दुर्व्यवहार भएको घटना बाहिरिएको थियो । सो घटनाको चौतर्फी विरोध हुनुका साथै दोषीमाथि कडा कारबाहीको माग भएको छ । प्रहरीले तीन जनालाई पक्रिएर अनुसन्धान गरिरहेको छ ।