रातो मच्छिन्द्रनाथको रथ प्रतिकात्मक रुपमा तानिँदै

951SHARES

१ जेठ, काठमाडौं ।

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर ललितपुरमा रातो मच्छिन्द्रनाथको रथलाई प्रतिकात्मक रुपमा केही दुरीसम्म मात्र तानिने भएको छ ।

मच्छिन्द्रनाथलाई रथारोहण गरेको चौथौं दिनमा रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पु¥याइने परम्परा भए पनि आज रथलाई पुल्चोकको सोह्रखुट्टेपाटीसम्म मात्र तानिन लागेको हो ।

यसभन्दा अघि मच्छिन्द्रनाथको रथ अघिपछि लगाएर तानिने मीननाथलाई पाटनको टंगालमा निमार्णाधीन रथमा रथारोहण गरिनेछ र मीननाथको रथलाई पनि प्रतिकात्मक रुपमा केही परसम्म मात्र तानिनेछ ।

यसवर्ष कोरोना संक्रमणका कारण जात्रालाई छोट्याउने निर्णय भएअनुसार नरिवल खसाल्ने, भोटो जात्रा नहुने भएको छ । रातो मच्छिन्द्रनाथलाई जेठ ५ गते बुंगमती फर्काउने साइत रहेको छ ।

यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ । तर आज बिहान ६ बजेदेखि राति १० बजेसम्म एकैठाउँमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

छुटाउनुभयो कि?

सम्पूर्ण