राष्ट्रियसभा सदस्यमा तीनजना मनोनयन

0SHARES

८ फाल्गुन २०७४ नेपाल टाईम्स

काठमाडौँ, ८ फागुन  ः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीनजनाको मनोनयन गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ‘ख’ बमोजिम डा युवराज खतिवडा (झापा), रामनारायण बिँडारी (मकवानपुर) र डा विमला पौडेल (मोरङ)लाई आज मनोनयन गरे ।

मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले गरेको सिफारिस फिर्ता लिई नयाँ नाम पठाएको थियो ।
(रासस)

विज्ञापन बक्स