राससको वार्षिकोत्सवमा ३ पत्रकार सम्मानित

0SHARES

७ फाल्गुन २०७५ नेपाल टाईम्स

विराटनगर, फागुन ७
प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले अन्य संचारमाध्यमको तुलनामा राष्ट्रिय समाचार समिति सदैव अगाडि हुनु पर्नेमा जोड दिएका छन । राष्ट्रिय समाचार समितिको ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित संघीय संरचनामा राससको भूमिका तथा पुरस्कार वितरण समारोहका अवसरमा मंगलबार विराटनगरमा भएको कार्यक्रममा बोल्दै राससले सत्य तथ्यमा आधारित समाचार सम्प्रेषण गरिरहेकाले यसको साख र भविष्य उज्ज्वल रहेको बताए ।

सो अवसरमा मन्त्री कार्कीले उत्कृष्ट समाचारदाता मोरङ उर्लावारीका सुमन घिमिरे, उत्कृष्ट तस्वीर ताप्लेजुङ्ग जिल्ला समाचारदाता सन्तोषकुमार सार्की र उत्कृष्ट आलेखबाट रविन्द्र काफ्लेलाई नगद पुरस्कारसहित सम्मान पत्रले सम्मानित गरे । उनले राससलाई समय सापेक्ष वनाउन प्र्रदेश स्तरका कार्यालयहरु प्रदेश सरकारका मातहतमा आएमा यसको भौतिक संरचना र अन्य कार्यहरु गर्न सरकारले सहयोग गर्ने वताए ।

क्रमिक रुपमा कार्यालयहरु प्रदेश सरकार मातहत आइरहेका छन उनले भने राष्ट्रिय समाचार समितिपनि प्रदेश मातहत आएमा भौतिक संरचना लगायतमा सरकारले आवश्यक सहयोग गर्नेछ । उनले ६ दशक अगाडि राष्ट्रिय समाचार समिति जुन सोचले स्थापना भएको त्यो अहिले सार्थक भएको भन्दै यसलाई अझ व्यवसायिकता अपनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले रासस राष्ट्र र जनताका लागि समाचार सम्प्रेषण गरेर सहयोग गरिरहेको कुरामा जोड दिए । रासस प्रदेश प्रमुख मोहम्मद सदरुलले राससले विकासका लागि सञ्चार भन्ने मूलमन्त्रलाई सार्थक बनाउनेतर्फ रासस दिनरात नभनी लागि रहेको बताए ।

विज्ञापन बक्स