रूकुम : रुकुम पूर्वको सिस्ने गाउँपालिका, ४ काँडास्थित एक विद्यालयमा १ जना मात्र शिक्षकले १ सय १४ विद्यार्थीला पढाउँछन् । काँडास्थित प्रगति आधारभूत विद्यालय एक जना शिक्षकको भरमा चलिरहेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
५ कक्षासम्म संचालनमा रहेको उक्त विद्यालयमा दुई जना राहत शिक्षक कार्यरत रहेकामा एक जना शिक्षकले राजीनामा दिएको एक महिना पुगिसक्दा पनि पदपूर्ति हुन सकेको छैन ।