रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु

0SHARES

२४ श्रावण २०७७ नेपाल टाईम्स

२४ साउन, बुटवल ।
रुपन्देहीमा कार दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । परासीबाट भैरहवातर्फ जाँदै गरेको लु २ च ६७५६ नं.को कार रोहिणी गाउँपालिका –४ छिपागडस्थित हुलाकी सडकखण्डमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

कार सडकबाट १० मिटर तल पल्टिँदा घाईते भएका चार जनालाई उपचारको लागी भिम अस्पताल भैरहवा पठाएकोमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

मृत्युहुने तीन जना मध्ये एक जनाको मात्र पहिचान खुलेको छ। मृत्यु हुने रुपन्देही ओमसतिया गाउँपालिका– ४ बालापुरका २६ को देवेन्द्र चौधरी रहेका छन। मृतक दुई जनाको परिचय खुल्न बाँकी रहेको छ।

त्यस्तै रुपन्देही सिद्धार्थ नगरपालिका–४ का ३० वर्षीय अनिल यादव घाइते छन् ।

विज्ञापन बक्स