रोकिराखेको बसलाई मोटरसाईकलले ठक्कर दिँदा दुई जनाको मृत्यु

0SHARES

८ पुष २०७५ नेपाल टाईम्स

विराटनगर,पुस ८
मोरङको बेलबारीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बेलबारी नगरपालिका–४ भाउन्नेमा यात्रुलाई दिसापिसावको राकिराखेको ना ४ ख ४११३ नम्बरको बसलाई दिउँसो साढे दुई बजे मे ४ प १८७८ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएका मोटरसाईकल चालक इलामको फाक्दोकचाङ–५ का २२ वर्षीय प्रविन तामाङ र पछाडि सवार झापाको बुद्धशान्ति–४ की ४० वर्षीया नरमाया तामाङको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा दिउँसो साढे ४ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिए ।गाईघाटबाट काँकड्भिट्टा जाँदै गरेको सो बसलाई नियन्त्रणमा लिईएको छ ।

विज्ञापन बक्स