रोल्पाको जिलाखोलामा दुई पुरुषको शव फेला

0SHARES

१४ मंसिर २०७७ नेपाल टाईम्स

१३ मंसिर, रोल्पा।

रोल्पाकाे सुनिल स्मृतीगाउँपालिका -४ जिला खोलामा दुई पुरुषको शव फेला परेको छ । अन्दाजी ३० देखि ३५ वर्षका पुरुषको शव सड्न थालेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष के.सीले जानकारी दिए ।

शुक्रबार साँझ साढे ७ बजे तिर माछा मार्न गएका स्थानियहरुले शव देखेपछि प्रहरीलाई खबर गरे लगतै हिजो नै प्रहरी त्यस स्थानमा पुगेको थियो ।

शव कम्तीमा पनि २०÷२५ दिन पुरानो रहेको हुनसक्ने प्रहरीको अनुमान छ । पोस्टमार्टमका लागी शव दिउँसो ३ बजे तिर जिल्ला अस्पताल रेउघा पठाइएको छ। यसबारे अनुसन्धान गर्ने काम भइरहेको प्रवक्ता के.सी जानकारी दिए ।

विज्ञापन बक्स