ललितपुरमा जेठ ६ बाट भेरोसेलको दोश्रो डोजको खोप अभियान

983SHARES

३१ बैशाख, काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भरोसेल ललितपुरमा आगामी जेठ ६ बाट लगाइने भएको छ ।

जिल्ला खोप समन्वय तथा अनुगमन समितिको शुक्रबार बसेको बैठकले दोश्रो चरणको कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान जेठ ६ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

ललितपुर जिल्लामा पनि हाललाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र महालक्ष्मी नगरपालिकामा भेरोसेलको दोश्रो डोजको खोप अभियान सञ्चालन गर्न लागिएको हो । जिल्ला खोप समन्वय तथा अुनगन समितिले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

सूचना अनुसार चैत्र २५ गतेदेखि २८ गतेसम्म भेरोसेलको पहिलो खोप लिनेले जेठ ६गते दोश्रो डोज लगाउन पाउनेछन् । त्यसैगरी चैत २९ देखि ३१ सम्म पहिलो डोज लिएकाले जेठ ७ गते, बैशाख १ देखि ४ मा लिएकाले ९ गते दोश्रो डोज लिन पाउनेछन् ।

छुटाउनुभयो कि?

सम्पूर्ण