विरानगर,असार ५
सुनसरीको धरान– ८ तिनकुनेबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको टोलीले धरान –५ बस्ने २८ वर्षीय बाबु बोहरालाई ७४ पिस नाइट्रोसन ट्याब्लेट र धरान–१३ बस्ने ३५ वर्षीय कान्छा राईलाई एभिल ८ एम्पुल, डाईजेलाप ८ एम्पुल, लुपिजैसीक ८ एम्पुल गरी जम्मा २४ एम्पुल टिडिजेसिकसहित सोमबार साँझ पक्राउ गरेको हो।
बरामद लागुऔषधसहित दुबैलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ ।