विराटनगर, माघ २९
रक्त सञ्चार सेवा केन्द्रमा देखिएको रगतको अभाव न्युनिकरण गर्न सामाजिककार्यका सक्रिय रहेको लायन्स क्लब अफ विराटनगर पाथिभराले विराटनगरमा रक्तदान शिविरको आयोजना गरेको छ ।
पाथिभराले विराटनगर १४ स्थित सास्थम कलेजमा रक्त संकलन शिविर आयोजना गरेको हो । शिविरमा ५१ पिन्ट रक्त संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष अर्पणा दाहालले जानकारी दिइन् ।
उनले ब्लड बैंकमा रगतको अभाव भएपछि विरामीहरुले सास्ती झेल्नुपर्ने अवस्थालाई न्युनिकरणगर्न शिविर आयोजना गरिएको बताइन् । शिविरमा सास्थम कलेजमा अध्यनरत विद्यार्थी,आयोजक क्लबका पदाधिकारीसहित सर्वसाधारणले रक्तदान गरेका थिए ।