लायन्स र लियो क्लबले गरे रक्तदान कार्यक्रम

0SHARES

२० माघ २०७५ नेपाल टाईम्स

विराटनगर,माघ २०
लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गत जिल्ला ३२५ ए वानको लायन्स र लियो क्लब अफ बिराटनगर यङ्हर्टस्ले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सेवा गर्न धन होइन मन चाहिन्छ भन्ने भावनाका साथ दिनानुदिन बढ्दै गएको रगतको अभावलाई मध्यनजर गर्दै बिराटनगर– ५ जामुनगाछीमा रक्तदान कार्यक्रम गरिएको क्लबकी पिआरो एवम कार्यक्रम संयोजक लियो आकृती रानी फुयालले जानकारी दिईन् ।

क्लबका अध्यक्ष लियो कबिराज दहालले मानव जीवनमा रगत अति महत्वपुर्ण भएको बताउँदै आज हामीले दिए मात्र भोली हामीलाई चहिएको बेला अर्कोले सहयोग गर्ने बताए ।

विज्ञापन बक्स