लायन्स र लियो क्लब अफ विराटनगर युनिकद्धारा मोरङ मुस्लीम समाज सम्मानीत

136SHARES

विराटनगर, असोज ४
लायन्स र लियो क्लब क्लब अफ विराटनगर युनिकले मोरङ मुस्लीम समाजलाइ सम्मान गरेको छ । समाजले साउनको अन्तीम साता आएको बाढीका कारण विस्थापितको राहत तथा पुनस्र्थापनामा उल्लेख्य योगदान गरेको भन्दै क्लबले सम्मान गरेको हो । लायन्स क्लब अफ विराटनगर युनिकको २०१७÷०१८ को पदस्थापन कार्यक्रमका उक्त सम्मान गरिएको हो । साउन अन्तीम साता आएको बाढीबाट पिडित परिवारलाइ जिल्लाका विभिन्न स्थानमा पुगेर मोरङ मुस्लीम समाजले राहत वितरण गर्नुका साथै पुनस्र्थापनामा पनि सहयोग गरेको थियो । समाजले १ हजार ७ सय परिवारलाइ राहत वितरण गर्नुका साथै बाढीले विद्यार्थीहरुको शैक्षिक सामग्री तथा पाठ्य पुस्तक नष्ट भएर विद्यालय जान नसकेका विद्यार्थीहरुलाइ विभिन्न शैक्षिक सामग्री वितरण समेत गर्दै आएको छ ।

 

छुटाउनुभयो कि?

सम्पूर्ण