ला लिगा : एट्लेटिको मड्रिडले एइबरलाई हरायो

760SHARES

६ वैशाख, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले सानदार जित दर्ता गरेको छ ।

गएराति भएको खेलमा एट्लेटिको मड्रिडले एइबरलाई ५–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै एट्लेटिकोले ३१ खेलमा ७० अङ्क जोडेको छ ।

इबर २३ अङ्क जोडेर पुछारमा रहेको छ । यस्तै, गएराति नै भएको खेलमा भिल्लारियलले लेभान्टेलाई ५–१ गोल अन्तरले पराजित गरेको छ ।

यस्तै, अरु खेलमा अल्भासले हुएस्कालाई १–० गोल अन्तरले पराजित गरेको छ भने रियल बेटिस र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेलेका छन् ।

काडिज र सेल्टा भिगो तथा गेटाफे र रियल मड्रिडले भने गोलरहित बराबरी खेलेका छन् । लिगमा ३१ खेल खेलेको रियल मड्रिड ६७ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण