लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ

0SHARES

९ मंसिर २०७६ नेपाल टाईम्स

९ मंसिर, बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल रत्नेश्वर तिवारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल तिवारीलाई २५ हजार घुससहित कार्यकक्ष लुम्बिनीबाटै पक्राउ गरेको हो ।

विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्दाको कमिसन लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

विज्ञापन बक्स