८ मंसिर , कपिलवस्तु ।
कपिलवस्तु नगरपालिकाका सुत्केरी महिलाहरुलाई पोषणयुक्त समाग्री वितरण गरिएको छ । वडा नं ९ को आर्थिक सहयोग र निग्लीहवा स्वास्थ्यचौकीको आयोजनामा सानाकिसान सहकारी संस्थाको समन्वयमा अण्डा तथा घ्यू वितरण गरिएको हो ।
घरमा शुन्य सुत्केरी गराउने उद्देश्यले सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेको स्वास्थ्यचौकी प्रमुख हरिराम चौधरीले बताए । उनले वडा भित्र रहेका सुत्केरी महिलाहरुलाई अण्डा र घ्यू वितरण गरिएको बताए । खास गरि कोरोनाको कारणले गर्दा सुत्केरी महिलाहरुलाई पोषणमा समस्या भईरहेकाले पोषणयुक्त समाग्री वितरण गरेको उनले बताए ।
कपिलवस्तु नगरपालिकाले आमा सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थाहरुमा सुत्केरी गराउनेलाई १ हजार रुपैया पोषण भत्तादिने निर्णय गरेको छ । त्यहीअनुसार वडाको सिफारिसमा पोषण भत्ता उपल्बध गराउने गरेको स्वास्थ्य शाखा संयोजक उमेश गुप्ताले बताएका छन् ।