वरिष्ठ मूर्तिकार राजकुमार शाक्यको निधन

712SHARES

२३ जेठ, काठमाडौं ।

अन्तर्राष्ट्रिय जगतमा चर्चित प्रतिभाशाली वरिष्ठ मूर्तिकार राजकुमार शाक्यको निधन भएको छ ।

उनको ५५ को उमेरमा शनिवार बेलुकी ललितपुर पुल्चोकको सुमेरू सिटी अस्पतालमा निधन भएको अर्का कलाकार एवम् नेपाल हस्तकला महासङ्घका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए ।

उनी गएको वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमणका कारण अस्पताल भर्ना भएका थिए ।

उपचारपछि कोरोना नेगेटिभ रिर्पोट आएपश्चात उनलाई वार्डमा सारिएको थियो। तर अक्सिजन लेभल सन्तोषजनक नभएकाले अस्पतालमा नै उपचारत उनको शनिवार निधन भएको प्रचण्डले बताए ।

धातुकलाको थ्वज्या माज्यामा निपुण उनले भुटानमा १३५ फिट अग्लो पद्मसंभवको मूर्ति( जमिनदेखि १५५ फिट) बनाएका थिए ।

पछिल्लो समयमा सुमेरु कलाग्रामका अध्यक्ष उनी विश्वको सबैभन्दा ठूलो भैरवको मुकुण्डो बनाउने काममा लागीरहेका थिए ।

विदेशमा नेपाली धातुकलालाई विस्तार गर्ने काममा निरन्तर लागेकाले उनलाई २१ शताब्दीको अरनिकोको रूपमा लिइन्छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण