वसन्त ऋतुमा नेपालका हिमाल आरोहण गर्न थप ४० जनाले लिए अनुमति

149SHARES

२३ चैत, काठमाडौँ । वसन्त ऋतुमा नेपालका हिमाल आरोहण गर्न आइतवार थप ४० जनाले अनुमति लिएका छन् ।

आइतवार ल्होत्से हिमाल आरोहणका लागि दुई समूहका २३ जना, नुप्त्सेका लागि १४ जना र धौलागिरि हिमालका लागि तीन जनाले अनुमति लिएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिए । योसँगै वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेको सङ्ख्या दुई सय ५७ पुगेको छ ।

सरकारले वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिनेबाट अहिलेसम्म १९ करोड ५३ लाख ७७ हजार नौ सय ५९ रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण