वाग्मती प्रदेश प्रमुख प्रसाईंलाई कोरोना सङ्क्रमण

0SHARES

१२ कार्तिक २०७७ नेपाल टाईम्स

१२ कार्तिक, झापा ।
वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

उनले मङ्‍गलबार पीसीआर रिपोर्ट पोजेटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर आएका थिए ।

विगत पाँच दिनदेखि शरीर दुख्‍ने, पसिना आउनेजस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामानय रहेको उनले बताए । हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । (रासस)

विज्ञापन बक्स