वादविवाद हुँदा खुकुरी प्रहार

0SHARES

१३ पुष २०७५ नेपाल टाईम्स

ताप्लेजुङ, पुस १३
ताप्लेजुङको मैवाखोला गाउँपालिका–४ ओदाकमा धारीलो हतियार(खुकुरी) प्रहारबाट १ जना घाईते भएका छन् ।

बिहिवार बेलुका ५ बजेको समयमा स्थानीय ओमदी शेर्पा र दावा शेर्पा बिच बादबिबाद हुँदा दावा शेर्पाले ओमदी शेर्पालाई धारिलो हतियार प्रहार गर्दा घुडा मुनी गम्भीर चोट लागि घाईते भएका छन् ।

घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाईएकोमा जिल्ला अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि धरान पठाईएको छ भने दावा शेर्पालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

विज्ञापन बक्स