विदेशमा पढेर आएका ७५ प्रतिशत ‘डाक्टर’ नेपालमा फेल

0SHARES

२८ चैत्र २०७५ नेपाल टाईम्स

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले चिकित्सा अभ्यासको अनुमति दिन एमबीबीएस उत्तीर्ण डाक्टरका लागि सञ्चालन गरेको परीक्षामा ७५ प्रतिशत डाक्टर फेल भएका छन्।,याे खबर आजकाे कान्तिपुर दैनिकमा छ।

शनिबार भएको परीक्षामा ११ सय २३ डाक्टर सहभागी भएकामा २ सय ८८ जनाले मात्र सेवा प्रवेशको अनुमति पाए। ८ सय ३५ जना फेल भएका छन्। काउन्सिलले बीडीएस उत्तीर्णका लागि शनिबारै लिएको लाइसेन्स परीक्षामा ७५ प्रतिशत फेल भएका छन्।

परीक्षामा सहभागी ४ सय ६ जना दन्त चिकित्सकमध्ये २ सय ६३ जना सेवा प्रवेशका लागि योग्य ठहरिएनन्। एमबीबीएसतर्फ लाइसेन्स परीक्षामा विदेशबाट पढेर आएका ७ सय २ जना र नेपालमा पढेका ४ सय २१ जना डाक्टर सहभागी थिए।

बीडीएसमा विदेशबाट पढेका ५७ जना र नेपालमा पढेका ३ सय ४८ जना दन्त चिकित्सकले परीक्षा दिएका थिए। परीक्षामा सहभागी ८ सय ३० जना एमबीबीएस र बीडीएसमा पहिलेको लाइसेन्स परीक्षामा फेल भएकाहरू थिए ।

लाइसेन्स परीक्षामा सहभागी ६ सय ५८ जना नयाँ उम्मेदवारमध्ये अधिकांश विदेशमा अध्ययन गरेका हुन्। त्यसमा चीन र बंगलादेशमा पढेका बढी छन्।

विज्ञापन बक्स