७ जेठ, काठमाडौं ।
विपक्षी तीन दलले संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबी गर्ने तयारी गरेको छ ।
तीनै दलले पत्र तयार पारेको कांग्रेसका एक शिर्षनेताले जानकारी दिए । अहिले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल चलिरहेको छ ।
छलफलमा रहेका विपक्षी गठबन्धनले आफूहरुसँग १४९ जना सांसद रहेको दाबी गरेका छन् । सबै दलको अवस्थालाई हेर्दा अहिलेको अवस्थामा नयाँ सरकार बनाउन आफूपक्षीय १४९ जना सांसद तयार रहेको ती नेताले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् ।