विराटनगर,साउन २
विपद् पूर्व तयारीका लागि प्रदेश नम्बर १ स्तरीय गोष्ठीमा विपद् व्यवस्थापन गर्न सबै पक्ष एक भएर लाग्नुपर्नेमा जोड दिइएको छ ।
नवप्रभात नेपालले आज विराटनगरमा आयोजना गरेको उक्त गोष्ठिीमा बोल्दै प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले विपद्का विभिन्न कारणहरु मध्य मानवीय कारणले बढी विपद् निम्तिएको भन्दै सबै मिलेर समाधानतर्फ लाग्नुपर्ने बताए ।
उनले विपदले प्रकृतिलाई मात्र नभई मानव जीवनलाई असर पर्ने भन्दै विपद् नियन्त्रण, रोकथाम र विप्द आउनै नदिन सबैले ध्यान दिनुपर्ने बताए ।
प्रदेश नम्बर १ मा भोग्दै आएको मुख्य बिपद् बाढी, पहिरो आगलागी भएकाले यसको नियन्त्रण, ब्यबस्थापन र उद्धारसम्बन्धी काम र सीप सबैले सिक्न आवश्यक रहेको सहभागीहरुको भनाइ थियो ।
क्षति न्यूनिकरणका सम्भावना पहिल्याउन, बिपद ब्यबस्थापन र उद्धार कार्यलाई ब्यबस्थित तथा बैज्ञानिक बनाउन स्थानीय सरकार बढी सक्रिय भएर लाग्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका थिए ।