विपन्न विद्यार्थी र रोगीलाई सहयोग गर्न अक्षयकोष

0SHARES

७ पुष २०७५ नेपाल टाईम्स

विराटनगर,पुस ७
विपन्न विद्यार्थी र रोगी ब्यक्तिलाई सहयोगगर्ने उद्देश्यले विराटनगरमा १७ लाखको अक्षयकोष स्थापना गरिएको छ । गौतम सेवा समितिको अगुवाईमा ‘भिष्मराज,हेमकला अक्षयकोष’ स्थापना गरिएको हो ।

धान्य पुर्णिमाको अवसरमा गौतम सेवा समितिले प्रत्येक बर्ष आयोजना गर्दै आएको विविध कार्यक्रमकाबीच सो अक्षयकोष स्थापना गरिएको हो । समाजसेवी भिष्मराज गौतमले कोष स्थापनागर्न आर्थिक सहयोग स्वरुप उपलब्ध गराइएको १७ लाख रकमको चेक गौतम सेवा समितिका अध्यक्ष रमादेवि गौतमलाई हस्तान्तरण गरे ।

विपन्न तथा मेधावी विद्यार्थी र विपन्नताकै कारण उपचार गराउन नसकेका ब्यक्तिहरुलाई आवश्यकताको आधारमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको गौतम सेवा समितिका सदस्य सुभाष गौतमले जानकारी दिए ।

यसैबीच सोहि कार्यक्रमका बीच ९ जना जेष्ठ नागरिकहरुलाई सम्मान समेत गरिएको छ । सो क्रममा विराटनगरमा बसोबास गर्ने विभिन्न वडाका ८० बर्ष माथिका जेष्ठ नागरीकहरुलाई दोसल्ला र फुलमालाले सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।

विज्ञापन बक्स