विराटनगरमा पनि मनाइयो सांकेतिक भाषा दिवस

0SHARES

७ आश्विन २०७५ नेपाल टाईम्स

विराटनगर,असोज ७
अन्तरराष्ट्रिय सांकेतिक भाषा दिवस विराटनगरमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसकै अवसरमा बहिरा सप्ताहको आयोजना गरिएको छ । कोशी बहिरा संघको आयोजनामा साताब्यापी कार्यक्रम सुरु भएको हो ।

कार्यक्रमको विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले उदघाटन गरिन । कार्यक्रमको पहिलोदिन प्रभातफेरी र जनचेतनामुलक नाटक प्रदर्शन गरिएको छ ।

सांकेतिक भाषाको महत्व र आवश्यकता उजागर गर्ने उद्धेश्यसहित नाटक प्रदर्शन गरिएको कोशी बहिरा संघले जनाएको छ । साताब्यापी कार्यक्रम अन्र्तगत दिपप्रज्वलन र लागूऔषध दुब्र्यसनविरुद्धका सचेतना कार्यक्रमहरु गरिने बताइएको छ ।

विज्ञापन बक्स