विराटनगरमा मेघ गर्जनसहित पानी पर्दै

0SHARES

१२ चैत्र २०७५ नेपाल टाईम्स

विराटनगर, चैत १२
मंगलबार (आज) बिहानैदेखि विराटनगर लगायत पुर्वका केही ठाउँहरुमा मेघ गर्जनसहित पानी परिरहेको छ । आज दिउँसो पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघ गर्जन सहितको हल्का वर्षाको संभावना रहेको र उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राती पनि देशको मध्य र पुर्वी पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली हुने जनाईएको छ भने पुर्वीपहाडी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।बुधबार पनि पूर्वी भेगका एक दुइ स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट वर्षा हुने र बिहीबारको मौसम भने सफा रहने जनाईएको छ ।

विज्ञापन बक्स