२८ माघ, विराटनगर ।
नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी विराटनगरमा ‘स्टडी इन नेपाल एजुकेशन फेयर’ शैक्षिक मेला हुने भएको छ । मंगलबार विराटनगरस्थित होटल इस्टर्न स्टारमा पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराईएको हो ।
भिजन मिडिया इन्कर्पोरेशनको आयोजनामा आगामी फागुन १ र २ गते विराटनगरको होटल इस्टर्न स्टारमा सञ्चालन हुने मेलामा अन्तराष्ट्रिय स्तरको शिक्षाका लागी नि : शुल्क परामर्श दिईने जनाईएको छ । मेलाको टाईटल स्पोन्सरमा प्रिसिडेन्टल विजनेश कलेज रहेको छ । ३४ भन्दा बढी कलेज सहभागी हुने मेलाबाट आईटी, इन्जिनियरिङ र ब्यबस्थापनका बीबीए, एमबीए, बीआईटी, बीआईएम, बीएचएम, बीएचसीएम, बीबीएम, बीएएसडब्लु, बीबीएस, बीएस्सी सिएसआईटी, बिडेभ्स लगायत कोर्ष पढ्न चाहने विद्यार्थी लाभान्वित हुने भिजन मिडियाका निर्देशक तारामान रावलले बताए ।
नेपालकै विश्वविद्यालयहरुले पनि अन्तराष्ट्रिय स्तरको शिक्षा दिन सक्छन् र यही शिक्षाले अन्तराष्ट्रियस्तरमा पनि परिचालन गर्न सकिन्छ भन्ने सन्देश मेलाले दिने उनले बताए । मेला चलेको समयमा ब्यबस्थापन, आईटी र इन्जिनियरिङको क्षेत्रमा नेपालका के–कस्ता अवसरहरु छन् भनेर विद्यार्थीहरुसँग सेमिनार गर्ने पनि उनले बताए ।
‘लर्न लोकल्ली फिट ग्लोबल्ली’ भन्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेलामा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विराटनगरका ८ क्याम्पस र काठमाडौँका २६ क्याम्पस सहभागी हुने आयोजकले जनाएको छ । जसमा विराटनगरको महेन्द्र मोरङ क्याम्पस, पुसेट क्याम्पस, म्यानेजमेन्ट क्याम्पस, नेहारिका कलेज, हिमालय दर्शन कलेज लगायत रहेका छन् । मेला विहान १० बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।