विराटनगरलाई प्रदेशको राजधानि बनाइ छाड्छु ः पण्डीत

720SHARES

विराटनगर, २१ कात्तिक
नेकपा एमालेका पोलिटव्युरो सदस्य लालबाबु पण्डितले विराटनगरलाई प्रदेश नम्वर १ को राजधानी बनाई छाड्ने उद्घोष गर्नु भएको छ ।

विराटनगरलाई प्रदेशको राजधानी बनाउनका लागि आफु दृढ संकल्पित रहेको उहाँको भनाई छ । प्रेस चौतारी मोरंग र प्रेस सैनटर मोरंगले आज देखि शुरु गरेको पत्रकारसँग उम्मेदवार कार्यक्रममा उहाँले विराटनगर नाम मात्रैको महानगरपालिका भएको भन्दै यसलाई साच्चैको महानगर बनाउने बताउनुभयो ।

क्षेत्र नंवर ६ का प्रतिनिधि सभा उम्मेदवार समेत रहनु भएका उहाँले विराटनगरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने साथै क्षेत्र नंवर ६ मा रहेको अव्यवस्थित वसोवासलाई व्यववस्थित बनाउने उहाँको भनाई छ । साविक टंकीसिनवारीलाई विराटनगर महानगरमा मिसाउन निवर्तमान सांसद शेखर कोईरालाले नदिएको उहाँको आरोप छ ।

कार्यक्रममा क्षेत्र नं ६ क का उम्मेदवार जीवन आचार्यले विराटनगर विमान स्थललाई अन्र्तराष्टिय स्तरको बनाउने बताउनुभयो । जोगवनी–किमाथान्का हुँदै चीनसँग व्यापार बढाउनका लागि पहलकदमी लिने उहाँको भनाई छ । सुन्दर हरैचामा रहेको हसिना सिमसारलाई पुर्वकै पर्यटकीय स्थलको रुपमा विकास गरिने आचार्यले बताउनुभयो ।

क्षेत्र नं ६ ख का उम्मेदवार रमेश पोखरेलले विराटनगर रिङरोडको स्तरोन्नतरी, प्रविधिमय नगर, विराटनगरलाई राजनीतिक पर्यटन क्षेत्र, स्मार्टसिटी र युवालाई स्वरोजगार बनाउनमा आफु लागि पर्ने बताउनुभयो । प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त आयोजनामा २७ गते सम्म हरेक दिन फरक–फरक क्षेत्रका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारसँग छलफल कार्यक्रम गरिने प्रेस चौतारी मोरंगका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो ।

भोलीको कार्यक्रम क्षेत्र नं ५ का प्रतिनिधि सभा उम्मेदवार शिवकुमार मण्डल र प्रदेश सभा उम्मेदवार ज्ञानेश्वर राजवंशी र सुभाम मियाँसँग हुने बताईएको छ ।

छुटाउनुभयो कि?

सम्पूर्ण