विश्वमा एकै दिन थपिए ५ लाख २८ हजार ९०५ जना नयाँ संक्रमित

0SHARES

२ मंसिर २०७७ नेपाल टाईम्स

२ मंसिर, एजेन्सी ।
पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख २८ हजार ९०५ जना कोरोना क्रमित थपिएका छन् ।

विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ४३ लाख १ हजार १५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ८५८ कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख १६ हजार ९९४ जनाको मृत्यु भइसकेको छ ।

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिल लगायतका देशमा भएको छ ।

विज्ञापन बक्स