विश्वविद्यालयहरुले लिने परीक्षा पनि स्थगित गर्ने सरकारको निर्णय

५ चैत्र २०७६

५ चैत, काठमाडौँ ।
सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलीबाट सुरु हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहेका ईश्वर पोखरेलले समन्वय समितिले गरेका निर्णय र अहिलेको अवस्थाका विषयमा जानकारी गराएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई परीक्षा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको पोखरेलले बताए ।

सरकारले एसईई परीक्षा लगायत विश्वविद्यालयहरुले लिने परीक्षाहरु समेत स्थगित गरेको जानकारी पोखरेलले दिए । समन्वय समितिले सम्पूर्ण तह र क्षेत्रका परीक्षाहरुको स्थगित गर्ने निर्णय गरेपछि शिक्षामन्त्रालयमा अहिले विभिन्न तहका परीक्षा बोर्डको आकस्मिक बैठक बसिरहेको छ ।

विज्ञापन बक्स